Friday, June 24, 2016

हाम्रो खेलौ दोहारी सयौ मन एक तन

technology को विकास संग संगै संचार जगतको एउटा अध्याय communication ले word मा ल्याएको परिवर्तन ले world लाई नै चुनौती दिएको छ । यहि communication ले गर्दा नै संसारको जुन सुकै कुना-कुनामा खबर आदान प्रदान गर्न सजिलो बनाएको छ ।
 communication कै प्रभावकारी app संशार भर अधिकांस जनताले प्रयोग गर्दै आएको whatsapp app जनताको प्रिय सफ्टवेयर बन्न पुगेको छ । group बनाइ एक जना ले बोलेको वा लेखेको ( voice & text ) ग्रुप भरिका group user ले सुन्न सकिने र देख्न सकिने भएको ले यस app लाई सबै user हरुले प्रयोग गरेको पाइन्छ । खास गरि महत्त्वपूर्ण खबर छिटो र सबै संग प्रशारण गर्न सजिलो को लागि group chat को प्रयोग गरिन्छ । यसै whatsapp app लाई प्रयोग गरी संसार भरी छरिएर रहनु भएका नेपाली प्रबाशी मन हरुलाइ एकीकृत गरि रमाइलो गर्ने उदेश्य ले खेलौ दोहोरी श्री विवेक थापा ज्यू, ले ग्रुपको शुभ-आरम्भ गर्नु भएको थियो । ग्रुप निरन्तर रुपमा चलिरहेकै बेला यस ग्रुपलाइ मेरो होइन हाम्रो भन्ने भन्ने भावन ले वतप्रोत होस भनी हाम्रो खेलौ दोहोरी को नामाकरण गरिएको थियो

हाल ग्रुपमा एडमिनको संख्या यसप्रकार रहेको छ। श्री याम घर्ती , श्री विवेक थापा , श्री नवीन शाही,श्री कृष्ण मल्ल ठकुरी , श्री राजेश बस्नेत, सुश्री ओम कुमारी खाँण, श्री कृष्ण के सी, श्री विवश सुनुवार , सुश्री सङ्गिता थापा, सुश्री टीका ढकाल , सुश्री रुपा तामाङ ,श्री सङ्गम बाबू , श्री दिपक कठायत , श्री धनु सल्यानी खेलौ दोहोरी आफैमा स्पष्ट छ दोहोरी भन्ने बित्तिकै दुई पक्ष बिचमा प्रश्न को उत्तर वा सवाल को जवाफ भन्ने बुझिन्छ दुई विशेष समूह ले गायको दोहोरी उक्त ग्रुपमा आबद्ध सम्पुर्ण सहभागीहरुले सुन्न सकिने र आनन्दको आभुती हुने भएकोले group chat हरुमा दोहोरी ग्रुप फस्टाउदै गइरहेको छ ।

प्रबासको कालो कहालिलाग्दो जंजिर भित्र आफ्नो परिवारको निम्ति सुखको सपना को जाल बुन्दै दिन रात श्रम गर्न बाध्य यी हाम्रा घाइते मनहरु लाई पारिवारिक नियास्रो पनलाइ भुलाउने काम ग्रुप च्याट बनेको छ ।

यो group chat को advantage हो । group chat को disadvantage पनि छ्न सहि र सत्यकुरा त्यो हो कुनै चिज को दुर्बल पक्षलाइ भन्दा सबल पक्षलाइ जोड दिनु बुद्धिमानी हो । करिब साढे २ वर्ष सम्म निरन्तर २४ घण्टा चल्ने हाम्रो खेलौ दोहोरी whatsapp group का थुप्रै चुनौती हरु संग पौठेजोरी खेल्दै हाल सम्म संचालित छ । खेलौ दोहोरीलाई यहाँ सम्म पुर्‍याउन आफ्नो अमुल्य समय र रचनात्मक सल्लाह सुझाव दिनुहुने सम्पुर्ण एडमिन ज्यू हरुलाइ सलाम व्यक्त गर्न चाहन्छौं ।



 आफ्ना विभिन्न समस्या तथा वैयक्तिक विचार धारणा का कारण हाम्रो खेलौ दोहोरी लाई छोड्नु हुने एडमिन ज्यू हरु क्रमश( 1) मान घर्ती 2) इन्द्रा रोका 3) विन्दु बि सी 4) कमानसिङ बि सी 5)सृजाना सुनुवार 6) सुनिता थापा 7) विमलराज RJ 8) इन्द्रा गिरि 9) खुबी पोख्रेल 10) ज्ञानु बुढा 11) गिता चलाउने 12) सुनिता थापा 13) मिना श्रेष्ठ 14) जस्मिन श्रेष्ठ 15) युवराज आचार्य 16) शान्ती बि सी 17) सन्तोष भट्टराई 18) सरिता थापा 19) कुमार ढकाल, (THANK YOU FOR YOUR PAST SUPPORT)यहाँहरु सबै लाई मीठो साथको लागि सम्मान गर्न चाहन्छौं। Apologise for the any



causes. हामी बाट कुनै कारण ले यहाँहरुको मनमा कुनै ठेस पुग्न गएको भए माफी माग्न चाहन्छौं, साथै यहाँहरुको समृद्ध जिवनको कामना गर्दछौं ।

 विभिन्न whatsapp group हरुले दोहोरी प्रतिस्पर्धा गराइ कलाकार हरुलाइ प्रोत्साहन गर्ने होडबाजी चलिरहेकै बेला हाम्रो खेलौ दोहोरी ले पनि प्रबाशी कलाकार हरुको कलाको उच्च सम्मान का साथ खेलौ दोहोरी आइडल २०७३ को आयोजना गरि कार्यक्रम सम्पन्न गरि सकेको छ ।

कार्यक्रम यसै ग्रुपका अध्यक्ष श्री याम घर्ती ज्यू को सभापतित्व मा समापन भएको थियो। हाम्रो यस कार्यक्रम लाई सम्बोधन गर्न बहुचर्चित लोक तथा दोहोरी गायक / वरिष्ठ चलचित्र निर्देशक श्री नारायण रायमाझी ज्यू, उपस्तित हुनुभएको थियो । विशिष्ट अतिथीको शोभा गितकार वालन्द राई ज्यू, मिडियाकर्मी तथा मोडल श्री सनम कठायत ज्यू, आफ्नो सुरिलो स्वर दिएर करोडौं स्रोता हरुको मन जित्न सफल गायिका सुश्री पुर्णकला बि सी ज्यू साथै whatsapp group मा ख्याती प्रप्त अतिथिहरु को आतिथ्यता रहेको थियो ।

कार्यक्रम अबधी भर निष्पक्ष मुल्यांकन गरि खेलौ दोहोरी आइडल २०७३ को आइडल निर्माण गर्न आफ्नो निष्पक्ष भुमिका खेल्नु हुने निर्णायक ज्यू हरु श्री हरि डुम्रे ज्यू , श्री मोहन खड्का ज्यू, सुश्री तारा खनाल ज्यू, साथै आयोजक टिम को तर्फ बाट श्री कृष्ण मल्ल ठकुरी ज्यू, ले निर्णायक को भुमिका गर्नु भएको थियो । कार्यक्रम अबधी भर ख्याती प्राप्त गजलकार साहित्यिक छवि बनाउन सफल द्वय सुश्री ओमकुमारी खाँण , खुबी पोख्रेल ज्यू द्वारा संचालन गरिएको थियो । कार्यक्रम मा प्राविधिक कक्षको भुमिका मा श्री विवश सुनुवार ज्यू, श्री कुमार ढकाल ज्यू, र अन्य सहयात्री साथिहरु ले भुमिका निर्बाह गर्नु भएको थियो ।

 प्रतिस्पर्धा गराउन सजिलोका लागी 🆚 निर्माण कार्य मा श्री नवीन शाही , श्री ज्ञानु बुढा लगाएत अन्य सहयात्री साथीहरू ले भुमिका निर्बाह गर्नु भएको थियो । कार्यक्रम लाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा साथ दिने सम्पुर्ण सहयात्री साथिहरुलाइ हार्दिक आभार व्यक्त गर्न चाहन्छौं । कार्यक्रम को उदेश्य ✳❇✳ ⏩ जो संग त्यस्तो प्रतिभा छ तर अबसर नपाएर वैदेशिक रणभुमी मा श्रम खर्च गरि राक्नु भएको छ त्यस्ता कलाकार हरुको पहिचान गरि स्थापित कलाकार हरु सङ्ग सम्बन्ध स्थापित गर्ने ।

 ⏩ प्रबास मा खेपिने दुख पीडा प्रबास को कालो यथार्थ लाई दोहोरी गितको माध्यम बाट उजागर गर्ने । ⏩ देश बिदेश मा छरिएर रहनु भएका नेपाली मन लाई एकीकृत गरि मैन्त्रीपुर्ण सम्बन्ध स्थापित गर्ने । ⏩ कला तथा लोक सस्कृती को सरक्षण तथा सम्बर्द्धन गर्न को निम्ती!! निष्कर्ष ❇❇✳✳❇❇ हाम्रो खेलौ दोहोरी द्वारा आयोजित हाम्रो खेलौ दोहोरी आइडल २०१६

                                  

No comments:

Post a Comment