Saturday, August 27, 2016

साउदीअरबको रियादमा भब्यताका साथ तीज कार्यक्रम सम्पन्न

-Posted By Kabiraj Budha 
साउदीअरबको रियादमा भब्यताका साथ तीज कार्यक्रम सम्पन्न : नेपाली जनसंपर्क समिती साउदीअरब रियादको बिशेष पहलमा नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको शुभकामना तथा दर खाने कार्यक्रम २५ अगस्ट २०१६ बिहीवार बेलुका रियादमा भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रम बिहीवार बेलुका ९ बजे बाट सुरु भएर शुक्रबार बिहान ६ बजे समापन गरिएको थियो ।
 यो कुनै औपचारिक कार्यक्रम नभएर रियादमा परिवार सहित बस्दै आएका नेपालिहरुलाई (बिशेष गरी नेपाली चेलीहरुलाई) एक ठाउँमा भेला गराइ एक अर्कामा हरितालिका तीजको शुभकामना आदानप्रदान गर्ने, दर खाने, नाच्ने रमाइलो गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।

कार्यक्रममा साउदीअरबका लागि नेपाली राजदुताबास सपरिवार, साउदीअरबमा रहेका बिभिन्न नेपाली संघसंस्था, समुदायहरुका प्रतिनिधिहरु, नेपाली ब्यबसायिहरु, समाजसेबी, बिभिन्न कम्पनिमा कार्यरत नेपालीहरु लगायत रियादमा परिवार सहित बस्दै आएका नेपाली समुदायहरु गरी लगभग १६० जना भन्दा बढीको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा ३ चरणमा गरी उपस्थित सम्पूर्णलाई दर खुवाइएको थियो भने बिच बिचमा उपस्थित दिदीबहिनीहरु दाजुभाइहरुको नाच्ने, रमाइलो गर्ने कार्यक्रम पनि चलिरहेकै थियो ।
कार्यक्रमको प्रतक्ष प्रसारण साउदीअरबबाट संचालित साउदीनेपाली अनलाइन टि.भी लगायत अन्य नेपाली दाजुभाइ दिदीबहिनिहरुले आफ्नो फेसबुक वाल मार्फत गरिरहनुभएको थियो । कार्यक्रमको आयोजना नेपाली जनसंपर्क समिती साउदीअरबको पहलमा र सकृयतामा भएपनी कार्यक्रममा लागेको सम्पूर्ण खर्च कार्यक्रम आयोजना गर्नुपुर्ब भएको निर्णय र सहमती अनुरुप उपस्थित नेपालीदाजुभाइ तथा दिदिबहिनीहरुबाट उठाइेको थियो । कार्यक्रम पूर्ण रुपमा सम्पन्न गर्न कुल रकम लगभग रु १ लाख ४५ हजार खर्च भएको थियो ।

अरु देशको तुलनामा साउदीअरब जस्तो जटिल मुलुकमा बिभिन्न समस्याहरुका बाबजुत पनि नेपाली जनसंपर्क समिती साउदीअरबले यसरी एकै ठाउँमा नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई भेला गराइ तीज कार्यक्रम भब्य र सभ्य रुपमा सफलताका साथ सम्पन्न गर्न सफल भएकोमा कार्यक्रममा उपस्थिती नेपाली राजदुताबास परिवार लगायत अन्य नेपालिहरु सबैले धन्यवाद दिनुभएको थियो ।

No comments:

Post a Comment